सर्वाेच्चमा २ न्यायाधीशका साथ उच्च अदालतमा १८ न्यायाधीश नियुक्तिका लागि सिफारिस | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

सर्वाेच्चमा २ न्यायाधीशका साथ उच्च अदालतमा १८ न्यायाधीश नियुक्तिका लागि सिफारिस

काठमाडौं, १८ फागुन । न्याय परिषद्ले सर्वोच्च अदालतमा दुई न्यायाधीशका साथै उच्च अदालतमा १८ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेका छन्।

शुक्रबार बसेको न्याय परिषद्को बैठकले सर्वोच्चमा कुमार चुडाल र नहकुल सुवेदीलाई सिफारिस गरेको छ भने अन्य १८ जनालाई उच्च अदालतमा सिफारिस गरेको हो । चुडाल पाटन उच्च अदालत र सुवेदी सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश हुन् । संसदीय सुनुवाईबाट अनुमोदन भएमा चुडाल र सुवेदी सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनेछन्।

उच्च अदालत पाटन, उच्च अदालत पोखरा, उच्च अदालत विराटनगर, उच्च अदालत तुलसीपुर, उच्च अदालत जनकपुर, उच्च अदालत सुर्खेत, उच्च अदालत दिपायल लगायतका १८ उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले सिफारिस गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);