मन्त्रिपरिषद्को बैठक सुरु, प्रदेश राजधानी र प्रदेश प्रमुख तोक्ने सम्भावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८३, सोमबार

काठमाडौं, २३ असोज । अहिले मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा जारी छ। बिहान १० बजेदेखि सुरु भएको मन्त्रिपरिषद्को बैठकले प्रदेश राजधानी र प्रदेश प्रमुख तोक्ने सम्भावना रहेको बताइएको छ।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पनि सरकारले प्रदेश राजधानी भने तोक्न सकेको छैन। प्रदेश राजधानी कहाँ बनाउने भन्नेबारे दलहरुबीच विवाद कायमै छ।

यता भर्खरैमात्र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठकले शेर बहादुर देउवा नेतृत्वको सरकारमा जाने निर्णय गरेको छ। यस विषयमा पनि मन्त्रीपरिषद्को बैठकमा छलफल हुन सक्ने बताईएको छ।