नवलपरासी, २७ फागुन । बिहीबार बिहानै देखी बर्दघाटसुस्ता पूर्ब नवलपरासी जिल्लाको गैडाकोटकोट देखी त्रिविणी धाम सम्म स्थापित शिवालयहरुमा धर्ममा आस्था राख्ने भक्तजनहरुको दर्शनका लागी घुईचाे लागको थियो ।
नवलपरासी जिल्लाभित्र टोल टोलमा निर्माण गरिएका स्थानीय शिवालयहरुमा भजन कृतन सहितका भक्तजनहरुको आर्कषण देखिएको थियो ।
खासगरी यो जिल्ला भित्र दाउन्ने कैलास आरुखोला कैलास,कावासोती सर्वेस्वरमहादेव,पोखरी ताल महाराजा थान,मुकुन्द पुर लगायतका शिवालयहरुमा शिवरात्री पर्ब हर्ष उल्लासका साथ मनाईएको थियो ।