पुर्नस्थापित संसदबाट नयाँ खेलको सुरुवात हुन्छ : खनाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

पुर्नस्थापित संसदबाट नयाँ खेलको सुरुवात हुन्छ : खनाल

काठमाडौं, २६ फागुन । नेपाल कम्युनिष्ट पार्टी(एमाले) का नेता झलनाथ खनालले पुर्नस्थापित संसदबाट नयाँ खेलको सुरुवात हुने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठक पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले संसद राजनीतिक पार्टी र राजनीतिज्ञहरुको खेल खेल्ने सर्वोच्च राजनीतिक मञ्च भएको उल्लेख गर्दै संसद बाट नयाँ खेलको सुरुवात हुने बताएका हुन् । कुन र कस्तो खेल भन्ने स्पष्ट नपारेपनि उहाँले नयाँ खेल कसरी हुन्छ भन्ने कुराको परिदृश्य बिस्तारै देखिदै जाने टिप्पणी गरे ।

संसदले मुलुकलाई राम्रो निष्कर्ष तर्फ लानुपर्ने उनको भनाई छ । उनले नेकपा एमाले देशका वामपन्थी एकताको पक्षमा रहेको र सो मुद्दा कहिल्यै पनि नछाड्ने समेत बताए । उनले भने – ‘यो संसद भनेको सबभन्दा माथिको सर्वोच्च राजनीतिक मञ्च हो । देशको सम्पूर्ण राजनीतिक पार्टीहरुले, राजनीतिज्ञहरुले खेल खेल्ने ठाउँ यही हो । अब नयाँ खेलको सुरुवात हुन्छ । त्यो नयाँ खेल कसरी हुन्छ भन्ने कुराको परिदृश्य तपाईहरुले बिस्तारी बिस्तारी देख्दै जानुहुन्छ । तर मलाई लाग्छ, संसदले एउटा राम्रो निष्कर्षतर्फ अब मुलुकलाई लानुपर्छ । नेकपा(एमाले) सधैभरी यो देशको वामपन्थी एकताको पक्षमा छ । वामपन्थीहरुलाई एकताबद्ध गर्नुपर्छ भन्ने पक्षमा छ । मुलुकको अग्रगतिको पक्षमा छ । प्रगतिको पक्षमा छ । हामी यि मुद्धाहरुलाई कहिल्यै पनि छोड्दैनौँ ।’

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);