काठमाडौैं, २५ फागुन । देशभरीका कार्यलयमा नेकपाको बोर्ड हटाएर एमाले राख्ने क्रम बढेको छ । त्यसैगरी नेकपाको बोर्ड हटाएर माओवादी केन्द्रको बोड राख्ने क्रम पनि बढेको छ।
पेरिस डाँडामा रहेको नेकपाको केन्द्रीय कार्यालयमा पनि मंगलबार नेकपाको बोर्ड हटाएर माओवादी केन्द्रको राखिने भएको छ । कार्यालय श्रोतका अनुसार मंगलबार साझ माओवादी केन्द्रको बोर्ड राखिने छ ।
सर्वोच्च अदालतको गत आइतबारको निर्णय अनुसार नेकपा नाम ऋषि कट्टेल नेतृत्वलाई दिएर एमाले र माओवादी केन्द्र ब्युताईदिएपछि धमा धम बोर्ड फेरिएको हो।