अफगानी सेनाको कारबाहीमा परेर १० तालिबान लडाकुको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

अफगानी सेनाको कारबाहीमा परेर १० तालिबान लडाकुको मृत्यु

एजेन्सी, २५ फागुन । अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तमा सेनाको कारबाहीमा परेर १० जना तालिबान लडाकुको मृत्यु भएको छ ।

अफगानिस्तानमा लामो समयदेखि हिंसा मच्चाइरहेका तालिबानहरूले सरकारी सम्पत्ति र सर्वसाधारणमाथिको आक्रमण जारी राखेको बेला सेनाले कारबाहीमा उनीहरुको मृत्यु भएको हो ।

अफगानिस्तानमा हिंसाको अनुगमन गरिरहेको संस्था रिडक्सन इन भायोलेन्स र हेल्मण्ड प्रान्तको प्रान्तीय प्रहरी कार्यालयले सेनाको कारबाहीमा १० जना तालिवानको मृत्यु भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । यो क्षेत्रलाई तालिबानको गढ मानिदै आइएको छ ।

उता अफगानिस्तानका विभिन्न प्रान्तका तालिवानले हिंसात्मक घटना घटाएको र त्यसलाई निस्तेज पार्ने काममा त्यहाँको सुरक्षा निकाय लागि परेको अफगान प्रहरीले बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);