नीजि वन सम्बन्धी कानुनलाई किसानमैत्री बनाउने वन मन्त्री आलेको आश्वासन | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

नीजि वन सम्बन्धी कानुनलाई किसानमैत्री बनाउने वन मन्त्री आलेको आश्वासन

काठमाडौं, २४ फागुन । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले नीजि वन सम्बन्धी कानुनलाई सरलीकृत गर्दै किसानमैत्री बनाउने बताउनुभएको छ । सोमबार पारिवारिक नीजि वन संघ, नेपालको सातौँ स्थापना दिवसको अवसरमा वनमन्त्री आलेले नीजि वनसँग सम्बन्धीत कानुनी जटिलताका कारण किसानहरुले दुःख पाएको भन्दै यसलाई सरलीकृत गर्दै किसानमैत्री बनाउने बताउनुभएको हो ।

आगामी आर्थिक वर्षमा नीजि वनको प्रबर्धनका लागि विशेष कार्यक्रम ल्याउने पनि उहाँको भनाई छ । सिचाइँ नहुने जग्गामा माटो परिक्षण गरी जडिबुटी उत्पादनको लागि बजेट व्यवस्थापन गरेको उहाँको भनाई छ । मन्त्री आलेले हाल बन्दै गरेको वन नियमावलीमा पारिवारिक नीजि वनलाई प्राथमिकताका साथ राख्ने प्रतिवद्दता पनि व्यक्त गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);