काठमाडौं, २३ फागुन । दाहाल–नेपाल पक्षले आइतबार बसेको प्रतिनिधिसभाको बैठक बष्किार गरेको छ। बैठकको सुरुमा सभामुखसँग समय मागेर बोल्दै साँसद भीम रावलले वर्तमान सरकार कुनै पार्टीको हो पहिला त्यो स्थिति प्रष्ट पार्न माग गरेका थिए ।
रावलले सरकारको स्थिति स्पष्ट गर्नुपर्ने र अध्यादेशहरु कार्यसूचीबाट हटाउन माग माग गरेका थिए । तर सभामुखले यो कानुुनी व्यबस्था अनुसार अध्यादेश पहिलो बैठकमा पेश गर्नुपर्ने भएकोले बैठकलाई अगाडि बढाएका थिए । त्यसपछि दाहाल नेपाल पक्षले बैठक बहिष्कार गरेको थियो ।
बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी कांग्रेस सचेतक पुष्पा भुसालले सरकारले गैर संवैधानिक तरिकाले जारी गरेको अध्यादेश नस्वीकर्ने बताईन । मन्त्री लिलानाथ श्रेष्ठ अध्यादेश पेश गर्न रोस्टममा उभिएपछि कांग्रेसले विरोध जनाएको थियो ।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाडले सरकारले विभिन्न समयमा ल्याएको अध्यादेश फिर्ता गर्न माग गरे ।
त्यसपछि सभामुखले बैठक अगाडी बढाउन खोज्दा कांग्रेसले नाराबाजी गर्दै रोस्टम घेरेका थिए । त्यसपछि बैठक अबरुद्ध भएको छ ।