सर्वोच्चको फैसला स्वगतयोग्य : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८१, सोमबार

सर्वोच्चको फैसला स्वगतयोग्य : प्रधानमन्त्री

काठमाडौं, २३ फागुन । नेकपाको नाम ऋषि कट्टेललाई दिने सर्वोच्चको निर्णयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागतयोग्य भएको बताएका छन्।

प्रतिनिधि सभा बैठकमा सहभागी हुन संसद पुगेका प्रधानमन्त्री ओलीले संसद भवनबाट बाहिर निस्कँदै सञ्चारकर्मीहरुलाई सर्वोच्चको सो निर्णय स्वागत योग्य भएको बताएका हुन् । सर्वोच्चको निर्णय कार्यान्वयन गरिने प्रधानमन्त्री ओलीको भनाई छ । पूर्णपाठ हेरेपछि मात्र थप प्रतिक्रिया दिन सकिने उनले बताए ।

सर्वाेच्चले आइतबार दिउँसो नेकपा नामको विषयमा निर्णय गर्दै नेकपा नाम ऋषि कट्टेलको भएको फैसला गरेको हो । पुस ५ मा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । सो पछि नेकपा ओली पक्ष र दाहाल–नेपाल पक्षले नेकपा नाममा दावी गर्दै आएको थियो ।

सर्वोच्चका न्यायाधीसहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको ईजलासले अव उप्रान्त ऋषि कट्टेल नेतृत्वको नेकपाले सो नाम प्रयोग गर्न दिने निर्णय सुनाएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);