काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र दाहाल–नेपाल दुबै पक्षबाट अब नेकपा नाम खोसिएको छ । सर्वोच्च अदालतले यस सम्बन्धित आइतबार फैसला गर्दै अब उप्रान्त सो नाम ऋषि कट्टेलले नै प्रयोग गर्न दिने निर्णय दिएको छ।
तत्कालीन एमाले र माओवादी केन्द्र मिलेपछि सो पार्टीको नाम नेकपा राखिएको थियो । निर्वाचन आयोगको सो निर्णय बदरको माग गर्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलले अदालमा रिट दायर गरेका थिए।
सर्वोच्चका न्यायधीसहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको ईजलासले अव उप्रान्त ऋषि कट्टेल नेतृत्वको नेकपाले सो नाम प्रयोग गर्न दिने निर्णय सुनाएको हो ।