पोप फ्रान्सिसद्धारा हिंसा र अतिवाद अन्त्यको आह्वान | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

पोप फ्रान्सिसद्धारा हिंसा र अतिवाद अन्त्यको आह्वान

एजेन्सी, २२ फागुन। इसाई धर्मगुरु पोप फ्रान्सिसले हिंसा र अतिवाद अन्त्यको आह्वान गरेका छन् । कोरोना महामारी पछि पहिलो विदेश भ्रमणका क्रममा इराक पुगेका पोपले हिंसा र अतिवाद अन्त्यको आह्वान गरेका हुन् ।

इराकी राष्ट्रपति बरहाम सालिहले स्वागत गरेपछि पोपले हतियारको संघर्ष शान्त हुने विश्वास लिंदै चांर्डै नै हिंसा अन्त्य हुने आशा व्यक्त गरेका छन्। इराकको विविधता महत्वपूर्ण स्रोत भएको भन्दै उनले इसाईहरुको महत्वपूर्ण भूमिका रहेकोमा जोड समेत दिए ।

पोप फ्रान्सिसले तीन दिने इराक भ्रमणका क्रममा इराकी अधिकारीहरु र इस्लाम धर्मगुरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनले इराकमा सदियौंदेखि रहेबसेका इराकी इसाई धर्मावलम्बीहरुका दुःख पीडाका बारेमा छलफल गर्ने भ्याटिकनले जनाएको छ ।

पोप फ्रान्सिसले इराकका धर्मगुरु ग्रान्ड आयातोल्लाह अलि सिस्तानीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । इराक भ्रमणका क्रममा ८४ वर्षीय पोप फ्रान्सिसको सुरक्षाका लागि करिब १० हजार इराकी सुरक्षाकर्मी परिचालन गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);