टर्कीमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

टर्कीमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु

एजेन्सी, २१ फागुन। टर्कीमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

दक्षिण पूर्वी टर्कीको एक गाउँमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा ११ जना सैनिकको मृत्यु हुनुका साथै २ जना घाइते भएको त्यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

कुर्दी नागरिकको जनसंख्या धेरै भएको बिट्टालिस प्रान्तको टाटवन सहर नजिकै हेलिकोप्टर दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सेनाको नियमित गस्तीका लागि बिंगोल प्रान्ततर्फ उडेको हेलिकोप्टर दुर्घटनाको कारण भने खुलिसकेको छैन । मृत्यु हुनेमध्ये सेनाका उच्च अधिकारीसमेत रहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);