हैजाबाट प्रभावित यमनमा मृत्यु हुनेको संख्या दुइ हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

एजेन्सी, २२ असोज । यमनमा गत चार महिनादेखि फैलिएको हैजाबाट दुई हजार १५१ जनाको मृत्यु भइसकेको पाइएको छ । पछिल्लो तथ्याकं अनुसार गएको अप्रिलदेखि अहिलेसम्म मृत्यु हुनेहरुको संख्या बढेर दुई हजार १५१ पुगेको विश्व स्वास्थ्य सङ्गठन जनाएको बीबीसीले जानकारी दिएको छ ।

यमनका २२ वटा प्रान्तमा हैजाबाट कुल आठ लाख ६२६ जना बिरामी भएको विश्व स्वास्थ्य संगठनद्वारा एक विज्ञप्ति निकादैँ जनाएको थियो ।

मृत्यु भएकामध्ये अधिकांश घटना उत्तरी हाज्जाह प्रान्तमा होडेइडाह प्रान्तका रहेको र दुवै ठाउँ हुथी विद्रोहीको नियन्त्रणमा रहेका कारण कुनै
सहायता गर्न नपाएको विभिन्न अधिकारीहरुले जानकारी दिएका छन् ।

यमनमा साढे दुई वर्षदेखि युद्ध चलिरहेको छ । युद्धका कारण खानेपानी तथा सरसफाई सम्वन्धी संरचना क्षतिग्रस्त भएका छन् ।

त्यसैगरी आधाभन्दा बढी स्वास्थ्य सेवासम्वन्धी संरचना पनि सेवा प्रवाह गर्न नसक्ने अवस्थामा रहेका छन् ।

अनेक संरचनाहरुमा क्षति पुगेकाले यमनमा अहिले एक करोड ५० लाख नागरिकलाई आधारभूत स्वास्थ्य सेवा र सुरक्षित खानेपानी तथा सरसफाई सम्वन्धी सेवाको समेत अभाव छ ।

हुथी विद्रोहीको नियन्त्रणमा रहेका ती क्षेत्रहरुमा दाताहरुले सहायता बाड्न खोज्दा पनि उनीले त्यहाँ जान दिने गरेका छैनन् ।

ताजा समाचार