साताको पहिलो दिन नेप्से सूचकमा भारी गिरावट | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

साताको पहिलो दिन नेप्से सूचकमा भारी गिरावट

stock_exchange_nepse-e1528283604277

काठमाडौं, १६ फागुन । साताको पहिलो कारोबार दिन नेप्से सूचकमा भारी गिरावट आएको छ । आइतबार नेप्से ७९ दशमलब ७४ अंकले घटेर २ हजार ४ सय ७४ दशमलब ३९ विन्दुमा आइपुगेर थामिएको हो ।

लामो समय अल टाइम हाइ रेर्कड कायम गर्दै आएको नेप्से सूचक केही दिन यता भने घट्न थालेको छ । साताको अन्तिम कारोबार दिन ४४ दशमलब ९४ अंकले घटेको बजार, आइतबार ७९ दशमलब ७४ अंकको भारी गिरवाटसँगै नेप्से सूचक २ हजार ४ सय ७४ दशमलब ३९ विन्दुमा अडिएको हो ।

बजार घटेको भएपनि बिहिबारको तुलनामा यस दिन २ अर्ब बढिको कारोबार भएको छ । आइतबार २ सय ७ कम्पनिको ९७ हजार पटकको कारोबारमा १ करोड ६० लाख भन्दा धेरै शेयर खरिदबिक्रि हुदा कुल ८ अर्ब ३५ करोड ५२ लाख भन्दा बढि शेयर कारोबार भएको छ ।

यस दिन १३ उपसमूह मध्य होटलस् एण्ड टुरिजम समूह शून्य दशमलब ५४ प्रतिशतले वृद्धि भएको छ भने बाँकी १२ समूह ओरालो लागेका छन् ।

घटेको बजारमा चन्द्रागिरि हिल्सको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा वृद्धि भएको छ । त्यसैगरि खरिदबिक्री रकममा शिखर इन्सुरेन्स १ अर्ब रुपैयाँभन्दा बढीसहित अग्रस्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);