जम्मु र कस्मिर क्षेत्रमा युद्धविरामलाई कडाइका साथ पालना गर्ने भारतीय र पाकिस्तानी सेनाकाे सहमति | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

जम्मु र कस्मिर क्षेत्रमा युद्धविरामलाई कडाइका साथ पालना गर्ने भारतीय र पाकिस्तानी सेनाकाे सहमति

india-pakistan

एजेन्सी, १३ फागुन । दुबै देशका सेनाले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै फेब्रुअरी २४ को मध्यरातबाट युद्धविरामलगायत अन्य सबै सम्झौताहरूको पालना गर्ने सहमति भएको जानकारी दिएका छन्।

दुबै देशका सैन्य अपरेशनका महानिर्देशकहरुबीच यसतो सम्झौता भएको हो । भारतका सैन्य अपरेशनका महानिर्देशक लेफ्टिनेट जर्नेल परमजित सिंह र पाकिस्तानी मेजर जर्नेल नौमान जाकारियाबीच हटलाइनमार्फत् भएको कुराकानीपछि यो सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

दुबै पक्षले सबै सम्झौता, समझदारी र एलओसीमा युद्धविरामको कडा पालना गर्न सहमत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । सन् २०१९को पुलावामाको आत्मघाती बम विस्फोटपछि दुई राष्ट्रबीच सीमा क्षेत्रमा गोलीबारी भइरहन्थे।भारतले जम्मु र कास्मिरको विशेषाधिकार खोसेसँगै भारत र पाकिस्तानबीच तनाव बढेको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);