काठमाडौं, १३ फागुन । राष्ट्रपति विद्या भण्डारीले नव नियुक्त दुई राजदूतलाई शपथ गराएकी छन् । यसरी शपथ लिनेमा बेलायतका लागि आवसीय राजदूत लोकदर्शन रेग्मी, दक्षिण अफ्रिकाका लागि डा निर्मल विश्वकर्मा छन् । सो अवसरमा परराष्ट्रमन्त्री प्रदिप ज्ञावली, लगायत सरकारी उच्च अधिकारीको उपस्थिति थियो।