एजेन्सी, १३ फागुन । भेनेजुएलाले युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश दिएको छ ।
युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा गरेलगत्तै युनियनका लागि पोर्चुगलका राजदूत इसाबेल ब्रिलहान्ट पेड्रोसालाई देश छाड्न भेनेजुएलाले बुधबार आदेश दिएको हो ।
भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेजाले राष्ट्रपति निकोलास मदुरोको निर्णय बमोजिम राजदूत पेड्रोसालाई देश छाड्न आदेश दिएको बताएका छन् ।
युरोपियन युनियनका प्रवक्ता नबिला मासरालीले यो निर्णयले भेनेजुएला थप एक्लिने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमध्यमले जनाएको छ ।