राजिव शाह
सर्लाही, १३ फागुन । सर्लाहीको धनकौल गाउँपालिका-५ छठियाघाटमा बुधबार राती एक घरमा आगलागी हुँदा करिब १२ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
स्थानीय विलास महतोको काठको दुईतल्ले घरमा बुधबार राति साढे ८ बजे तिर अचानक खाना पकाउने ग्याँसको सिलिन्डर लिक भएर आगलागी हुँदा काठको दुइतल्ले कच्ची घरसमेत गरि घर भित्र रहेका अन्नपात,लत्ताकपडा, विभिन्न इलेक्ट्रोनिकका सामान, काठका सामान र नगद रु ३ लाख गरि ११ लाख ६३ हजार ७ सय रुपैया बराबरको क्षति भएको पीडितलाई उद्रित गर्दै जिप्रका सर्लाहीले जनाएको छ ।
आगलागी सुरु भएको खबर पाएपछि हरकठवाबाट इलाका प्रहरी र सशस्त्र प्रहरीबाट गएका सुरक्षाकर्मीको टोली दमकलको सहयोगमा स्थानीयबासीहरु सँग मिलेर राति पौने ११ बजे आगलागी नियन्त्रणमा लिएका थिए ।
आगलागीबाट कुनै किसिमको मानवीय तथा पशु चौपायालाई क्षति नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।