वामपन्थी एकतालाई देखाएर चुनाव टार्ने खेलमा नलाग्न सरकारलाई एमालेको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

काठमाडौं, २१ असोज । नेकपा एमालेले वामपन्थी एकतालाई देखाएर चुनाव टार्ने खेलमा नलाग्न सरकारलाई चेतावनी दिएको छ । साथै वाम गठबन्धनबारे अनावश्यक टिप्पणी नगर्न पनि सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसलाई एमालेले सचेत गराएको छ ।

शनिवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले वाम गठबन्धनबारे कांग्रेसले गरिरहेको टिप्पणीको निन्दा गरेको हो । वाम गठबन्धनलाई लिएर लोकतन्त्रप्रतिको निष्ठामाथि प्रश्न गर्नु कांग्रेसका लागि लज्जास्पद विषय भएको एमालेको तर्क छ । बैठकले वाम गठबन्धनको सिट र क्षेत्र बाँडफाँड समितिलाई भोलिसम्म काम सम्पन्न गर्न सचेत पनि गराएको छ ।

माओवादीसँग भएको सहमति ऐतिहासिक भएको निष्कर्ष निकाल्दै बैठकले सहमति कार्यान्वयन गर्न लचिलो हुने निर्णय पनि गरेको पार्टी सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

त्यसैगरी बैठकले चितवन जिल्ला समन्वय समितिको निर्वाचनका लागि पार्टीको तर्फबाट कृष्णकुमार डल्लाकोटीलाई प्रमुख र मुनाकुमारी श्रेष्ठलाई उपप्रमुखमा उम्मेदवारी दिने निर्णय पनि गरेको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);