दुबईकी राजकुमारी लतिफा अल मकतुनलाई बन्धक बनाएको सम्बन्धमा राष्ट्रसंघको चासो | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

दुबईकी राजकुमारी लतिफा अल मकतुनलाई बन्धक बनाएको सम्बन्धमा राष्ट्रसंघको चासो

एजेन्सी, ५ फागुन । संयुक्त राष्ट्रसंघले दुबईकी राजकुमारी लतिफा अल मकतुनलाई बन्धक बनाएको सम्बन्धमा संयुक्त अरब इमिरेट्स युएई का अधिकारीसँग प्रश्न गर्ने भएको छ । राजकुमारी लतिफाले आफूलाई बुवाले नै बन्धक बनाएको आरोप लगाएको समाचार सार्वजनिक भएपछि राष्ट्रसंघले यस विषयमा चासो देखाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले युएईसँग राजकुमारी लतिफाबारे जानकारी लिने र आवश्यक प्रश्नहरु गरिने बताएको हो । राजकुमारी लतिफालाई बन्धक बनाएको सम्भावित घटनाबारे अनुसन्धान पनि गर्न सकिने उच्चायोगले जनाएको छ । सन् २०१८ मा दुबईबाट भाग्न खोजेकी राजकुमारी लतिफा त्यसयता सार्वजनिक रुपमा देखिनु भएको छैन ।

तर गोप्य रुपमा रेकर्ड गरिएको लतिफाको भिडियोमा राजकुमारीले आफ्नो जीवन नै जोखिममा रहेको उल्लेख गर्नूभएको छ । भिडियो सार्वजनिक भएसँगै विश्वभर त्यसबारे संयुक्त राष्ट्रसंघले अनुसन्धान गर्नु पर्ने माग बढेको छ । लतिफाका पिता शेख मोहम्मद बिन राशिद अल मक्तुम दुबईका शासक हुनुहन्छ । उहाँ संयुक्त अरब इमिरेट्सका उप–राष्ट्रपति पनि हुनुहुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);