बागलुङ , ५ फागुन । सामुदायिक बिद्यालयको गुणस्तर खस्केको भन्दै बिद्यार्थी र अभिभावक निजी बिद्यालय तर्फ आकर्षित भइरहेको बेला गण्डकी प्रदेश कै पुरानो बागलुङको बिद्यामन्दिर माध्यमिक बिद्यालयमा भने सस्तो गुणस्तरीय शिक्षा भएको हुनाले बिद्यार्थी चाप बढिरहेको छ ।शिक्षा लाई ब्यबहारिक बनाउदै ५ बर्ष भित्र गण्डकी प्रदेशको नमुना बिद्यालय बनाउने योजना सार्वजनिक गरेको छ ।
सामुदायिक बिद्यालयमा गुणस्तरीय शिक्षा नहुने भन्दै अभिभावक तथा बिद्यार्थी महंगो शुल्क तिरेर निजी बिद्यालय तर्फ आकर्षित भइरहेको समयमा गण्डकी प्रदेशको पुरानो सामुदायिक बिद्यालय बिद्यामन्दिर माध्यमिक बिद्यालय बागलुङलाई अबको ५ बर्ष भित्र गण्डकी प्रदेशको नमुना बिद्यालय बनाउने योजना अगाडि सारेको छ । गण्डकी प्रदेशको दोस्रो ठूलो ब्यापारी केन्द्र बागलुङ जिल्लामा १९९७ सालमा शिक्षा प्रेमी स्वर्गीय ओम प्रसाद गौचन र मेघकुमार बैधको नेतृत्वमा स्थापना भएको गण्डकी प्रदेशको सबैभन्दा पुरानो बिद्यालय यतिबेला धेरै बिद्यार्थीको रोजाइमा पर्दै गइरहेको छ ।
बिद्यालयको ८० औ बार्षिक उत्सवको अबसरमा बिद्यालयका प्रधान अध्यापक शान्तमणि ढकालले सामुदायिक बिद्यालयलाई जनताको छोराछोरीले सस्तो र गुणस्तरीय शिक्षा पढ्नको लागि नमुना बिद्यालय बनाउने योजना बनाएर अगाडि बढ्ने आगामी २०८२ साल भित्र त्यो पूरा गरेर छोड्ने बिद्यालयले जनाएको छ । शैक्षिक गुणस्तर राम्रो भएको कारणले सामुदायिक बिद्यालयमा अध्ययन गरिरहेको यसलाई ५ बर्ष भित्र गण्डकी प्रदेशको नमुना बिद्यालय बनाउने योजना सफल बनाउन सबैले भुमिका खेल्नुपर्ने धारणा अध्ययनरत बिद्यार्थीहरूको छ ।
सामुदायिक बिद्यालयको गुणस्तर राम्रो भएको कारणले बिद्यार्थीको चाप बढेको हुदा यसलाई निरन्तरता दिन सबैले भुमिका खेल्नु पर्ने प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । गण्डकी प्रदेशको पुरानो बिद्यालयलाई ५ बर्ष भित्र नमुना बिद्यालय बनाउदै अहिले १२ सय बिद्यार्थी भएकोमा ४ हजार पु¥याउने योजना रहेको यसको लागि सबै लागि परेर काम गर्ने बिद्यालयका शिक्षक बताउँछन् ।
बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ लाई लक्षित गरि सरकारले झण्डै १० महिना बन्द गराएको बिद्यार्थी निषेधाज्ञा खुकुलो भएपछि संचालनमा आएपछि बिद्यार्थी लाई कोरोनाको त्रास बाट मुक्त गर्न बिद्यालयले हरेक हप्ता बिद्यार्थीको लागि अतिरिक्त क्रियाकलाप गर्दै आएको छ ।
बाल कक्षा देखि कक्षा १२ सम्म मानबिकी ,शिक्षा, ब्यबस्थापन ,बिज्ञान , शिक्षा बिज्ञान ,संकायमा अध्ययन अध्यापन हुने यश सामुदायिक बिद्यालयमा १२ सय बिद्यार्थी अतिरिक्त क्रियाकलापका कार्यक्रम संचालन गर्दै आएको छ । अध्ययनरत छन् भने ६० जना शिक्षक कार्यरत छन् ।सामुदायिक बिद्यालय भएर पनि अध्यापन राम्रो हुने गरेको कारणले यश बिद्यालयमा बिद्यार्थी र अभिभावकको आकर्षण बढेको देखिन्छ ।