बागमती प्रदेशसभाको बैठक पुनः सूचना टाँस गरेर अनिश्चितकालका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

बागमती प्रदेशसभाको बैठक पुनः सूचना टाँस गरेर अनिश्चितकालका लागि स्थगित

काठमाडौं, ५ फागुन । बागमती प्रदेशसभाको बुधबारदेखि सुरु हुने भनिएको बैठक सूचना टाँस गरी अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

सभामुख सानुकुमार श्रेष्ठले सूचना जारी गर्दै दिउँसो २ बजेका लागि बोलाइएको बैंठक अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी गराएका छन् ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्घ अविश्वासको प्रस्ताव दर्ता गराएको दाहाल–नेपाल पक्षले प्रदेशसभा बैठक बोलाउन दबाब दिएपछि आजका लागि बैठक तय गरिएको थियो । यसअघि गत माघ १९ गतेका लागि तोकिएको बैठक पनि अघिल्लो दिन राति सूचना जारी आज फागुन ५ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

बागमती प्रदेशसभामा नेकपाका ८०, कांग्रेसका २२, विवेकशील साझाका ३, राप्रपाका २, नेपाल मजदुर किसान पार्टीका २ र स्वतन्त १ गरी १ सय १० सदस्य छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);