दाङ, २१ असोज । दाङमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
तुलसीपुर–१६ को भलैबाट तुलसीपुर आउने क्रममा नियन्त्रण गुमाएर अटो रिक्सा दुर्घटना हुदाँ तुलसीपर ६ की २९ वर्षीया शशि भुसालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाबाट घाइते भएकाी भुसाललाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । शुक्रबार दुर्घटना हुँदा अन्य सवार पाँच जना घाइते भएका छन् ।
रिक्सा दुर्घटनामा परि घाइते भएका अन्य पाँच जनाको अस्पताल घोराहीमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।