केही समयभित्रै संयुक्त आन्दोलन हुँदैछ : दाहाल | ईमाउण्टेन समाचार

Our Network

मंसिर ४ २०८१, मंगलबार

केही समयभित्रै संयुक्त आन्दोलन हुँदैछ : दाहाल

चितवन, फागुन नेपाल कम्युनिष्ट पार्टी नेकपाका दाहाल नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले केही समयभित्रै दलहरु संयुक्त आन्दोलनमा बताएका छन् ।

मंगलबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरूसँग संयुक्त आन्दोलनमा जानेबारे छलफल भएको बताएका हुन् ।

उनले भने ‘आन्दोलन भइराखेको छ। यसलाई सकेसम्म संयुक्त गरौं भन्ने प्रयास भइराखेकै छ। हिजो मैले शेरबहादुर देउवासँग कुरा गरेँ यसलाई संयुक्त बनाऔं भनेर, रामचन्द्र पौडेल र अरू नेतासँग पनि कुरा गरिराखेकै छु । जसपाका नेताहरूसँग पनि कुरा भइराखेकै छ। केही समयभित्र संयुक्त आन्दोलन हुन्छ भन्ने लागेको छ,’ ।

संविधानलाई ट्रयाकमा ल्याउन आन्दोलन गर्नुपरेको उनले बताए । ‘चुनाव भयो भने त्यो असंवैधानिक र अलोकतान्त्रिक हुन्छ,’ उनले भने । अवैधानिक चुनाव नगर्न उहाँले आग्रह गर्दै प्रतिनिधि सभा पुनस्र्थापना हुने विश्वास समेत व्यक्त गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);