पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईलाई विपक्षी बनाई दायर रिटमा प्रमाण बुझ्न आदेश | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईलाई विपक्षी बनाई दायर रिटमा प्रमाण बुझ्न आदेश

काठमाडौं, २ फागुन । ललिता निवास प्रकरणमा नेता माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई विपक्षी बनाई दायर गरिएको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले प्रमाण बुझ्न आदेश गरेको छ ।

रिटमाथि आइतबार सुनुवाइ गर्दै न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र हरि फुँयालको इजलासले सो आदेश गरेको हो । ललिता निवास काण्डमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई मुद्दा नचलाएको विषयमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट निवेदन दायर गरेका थिए ।

अख्तियारको अभियोगपत्रमा सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा आफूले मुद्दा चलाउन सक्ने अधिकार नभएको उल्लेख थियो । आदेशबाट ललितानिवास प्रकरणमा क–कसलाई कसरी उन्मुक्ति दिइएको थियो भन्ने टुंगो लाग्ने छ ।

ती प्रमाणका आधारमा सर्वोच्चले अन्तिम फैसला गर्दा नीतिगत निर्णय भनेर जोगाइएका व्यक्तिहरु उपर मुद्दा चलाउनुपर्ने वा नपर्ने टुंगो लाग्ने छ । मूल मुद्दा भने विशेष अदालतमा विचाराधीन छ । वरिष्ठ अधिवक्ता न्यौपानेको रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत विपक्षी बनाइएको छ ।

अख्तियारले यसअघि उक्त प्रकरणमा तत्कालीन ३ मन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);