प्रहरीमा ३० बर्षे रडाको : एआईजीहरुको अवधि लम्बिने | ईमाउण्टेन समाचार

Our Network

भदौ २६ २०८३, शनिबार

काठमाडौँ, २१ असोज । प्रहरी संगठनभित्र यतिबेला ३० बर्षे सेवा अवधि हटाउने रन्कोले खैलाबैला मच्चिएको छ। गृहमन्त्री जनार्दन शर्मासमेत ३० बर्षे हटाउने विषयमा सकारात्मक देखिएका छन्।

३० बर्षे सेवा अवधि हटाएमा हाल रहेका प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको जागीरे अवधि साढे दुई बर्ष लम्बिनेछ।

प्रहरीमा सानो समूह ३० बर्षे सेवा हटाउँदा खुसी देखिए पनि ठूलो समूह भने रोक्नलाई शक्तिकेन्द्र धाउँदै आएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।