गाउँपालिका अध्यक्ष पनि सांसदका लागि सिफारिस | ईमाउण्टेन समाचार

Our Network

भदौ २६ २०८३, शनिबार

काठमाडौं, २१ असोज । काभ्रेको चौरीदेउराली गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतम पनि प्रतिनिधी सभा सदस्यका लागि नेकपा माओवादी केन्द्रको तर्फबाट सिफारिस भएका छन्। बाम गठबन्धनका कारण जित्ने देखेपछि उनले पनि सांसदका लागि इच्छा देखाएका छन् । गौतम पार्टीको पूर्व जिल्ला संयोजक हुन्।

उनी पार्टीकै तर्फबाट उम्मेदवार बनेर स्थानीय तहको निर्वाचनमा अध्यक्ष पदमा विजयी भएका थिए। उनीसँगै पुर्व उर्जाराज्यमन्त्री समेत रहेका जिल्ला ईञ्चार्ज सुर्यमान दोङ, पुर्व जिल्ला सचिव इन्द्रबहादुर थिङको नाम सिफारिस भएको छ।

चुनावी तालमेल भए नेकपा-माओवादी केन्द्रले प्रतिनिधी सभाको क्षेत्र नं १ पाउने चर्चा छ। थिङ खानीखोला गाउँपालिका अध्यक्षको उम्मेदवार बनेर पराजित भएका थिए।

प्रदेश सभा क्षेत्र नं १ का लागि बिष्णुप्रसाद गौतम, गंगाबहादुर दोङ र रत्न ढकालको नाम सिफारिस भएको छ। प्रदेशसभाका लागि सिफारिस भएका दोङ तेमाल गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनेका पराजित भएका थिए। आजको कान्तिपुर दैनिकमा खबर छ।