निर्वाचन आयोगको तयारी प्रति प्रधानमन्त्री सन्तुष्ट | ईमाउण्टेन समाचार

Our Network

असोज २३ २०८१, बुधवार

निर्वाचन आयोगको तयारी प्रति प्रधानमन्त्री सन्तुष्ट

काठमाडौं, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगको तयारी र काम प्रति सन्तुष्ट ब्यक्त गर्नुभएको छ। आगामी बैशाख १७ र २७ गते हुने निर्वाचनको तयारीका सम्बन्धमा छलफल गर्न मंगलबार निर्वाचन आयोग पुग्नुभएका प्रधानमन्त्री ओलीले यस्तो सन्तुष्ट ब्यक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लहाकार सूर्य थापाले जानकारी दिनुभयो।

थापाका अनुसार प्रधानमन्त्री ओलीले तयारीलाई निरन्तर अगाडि बढाउन आयोका अध्यक्ष दिनेश थपलिया लगायतका पदाधिकारीलाई आग्रह गर्नुभएको थियो । नेकपाको आधिकारिकताका सम्बन्धमा कानुन, र विगतको अभ्यास हेरेर निर्णय गर्न पनि सुझाव दिनुभएको थापाले बताउनुभयो।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र नेता सुवास नेम्वाङसहित निर्वाचन आयोग जानुभएका ओलीले सोमबार मन्त्रिपरिषदले गरेको निर्णय अनुसार पहिलो र दोस्रो चरणको चुनाव हुने जिल्लाको बारेमा छलफल गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);