प्रधानमन्त्रीका वकिलहरुको तर्क : ‘जतिबेला पनि संसद भंग गर्न मिल्छ’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८२, सोमबार

प्रधानमन्त्रीका वकिलहरुको तर्क : ‘जतिबेला पनि संसद भंग गर्न मिल्छ’

Sarbocha adalat

काठमाडौं, २६ माघ । प्रधानमन्त्रीको वकिलहरुले कार्यकारी अधिकार सम्पन्न प्रधानमन्त्रीले जतिबेला पनि संसद भंग गर्न सक्ने जिकिर गरेका छन् । प्रतिनिधिसभा विघटविरुद्ध परेको रिटमा २० औ दिनको सुनुवाईमा सोमबार प्रधानमन्त्रीका वकिलहरुले यस्तो जिकिर गरेका छन् ।

सोमबार प्रधानमन्त्रीका चार वकिलले बहस गरेका छन् । अधिवक्ता ईश्वरी भट्टराईले संसदीय दलको नेता चयन नगरी अविश्वासको प्रस्ताव ल्याएकोले प्रधानमन्त्रीले संसद बिघटन गर्न सक्ने बताउनुभयो।

प्रधानमन्त्रीको तर्फबाट बहसमा भाग लिदै अधिवक्ता महेश नेपालले कार्यकारी अधिकार सम्पन्न प्रधानमन्त्रीले नेपालको संविधानको धारा ७६ र ८५ अनुसार संसद विघटन गर्न सक्ने जिकिर गर्नुभयो। त्यस्तै अर्का अधिवक्ता उमा रेग्मीले प्रधानमन्त्री संग कार्यकारी अधिकार भएकोले विघटन गर्न सक्ने तर्क पेश गर्नुभयो । अर्का वरिष्ठ अधिवक्ता रविशंकर खनालको बहस जारी रहेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको नेतृत्वमा गठन भएको संबैधानिक ईजालासमा बहस जारी छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);