सरकारी बेवास्ताका कारण कम्पोस्ट मल नबिकेको उद्योगीको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

चितवन, २० असोज । सरकारको नीतिगत अस्पष्टताका कारण करोडौं मूल्यको कम्पोस्ट मल गोदाममै थुप्रिएको उद्योगीले बताएका छन् ।

सरकारले प्रांगारिक उत्पादनलाई प्रवद्र्धन गर्ने नीति लिए पनि कम्पोस्ट मलको प्रयोगलाई बेवास्ता गरेको उद्योगीको आरोप छ । कम्पोस्ट मल नबिकेपछि भरतपुर महानगरपालिका वडा नम्बर १६, शरणपुरमा रहेको दिव्या अर्गानिक फर्टिलाइजर कम्पनीमा केही वर्षदेखि उत्पादित १० हजार टनभन्दा बढी मल त्यत्तिकै छ । सरकारले नीति बनाएर कम्पोस्ट मलको प्रयोग बढाउनुपर्ने कम्पनीको माग छ ।

सरकारले प्रांगारिक उत्पादनलाई बढावा दिने नीति लिएपछि गिरिले ३० करोड रुपैयाँ लगानीमा २०६७ साल वैशाखमा मल उद्योग स्थापना गर्नुभएको हो । सरकारले रासायनिक मलको बिक्री–वितरणलाई बढी प्राथमिकता दिँदा कम्पोस्ट मल नबिकेको उहाँको बुझाइ छ । सरकारले अनुदान सहयोग गरे प्रतिकिलो १० रुपैयाँमा कृषकले कम्पोस्ट मल पाउने सञ्चालक गिरिले बताएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);