विराटनगर, २५ माघ । आइतबार प्रदेश १ को प्रदेशसभा बैठक सुरु भएलगत्तै फागुन ९ गतेसम्मका लागि स्थगित भएको छ । प्रदेशसभामा आइतबार मुख्यमन्त्री शेरधन राईका विरुद्धमा अविश्वासको प्रस्ताव पेश गर्ने कार्यसूची तय भएपनि सदनमा राष्ट्रिय गान सकिए लगतै संसद बैंठक स्थगित भएको हो ।
सदनमा राष्ट्रिय गान सकिए लगतै सत्तापक्षका सांसदहरुले उठेर विरोध जनाए । मुख्यमन्त्री शेरधन राईले दलको नेताको हैसियतमा निलम्बन गर्नुभएका सांसदहरुलाई प्रवेश दिन नहुने भन्दै सदन चल्न नसक्ने उनीहरुको भनाइ थियो ।
सभामुख प्रदीपकुमार भण्डारीले दुई पटक बस्न आग्रह गर्नुभएको भएपनि नबसेपछि बैठक स्थगित गर्दै संसदको अर्को बैठक आगामी फागुन ९ गते बस्ने घोषणा गरिएको हो ।