माओवादीलाई काठमाडौँको चार होइन तीन सिट दिन्छौँः एमाले | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

काठमाडौँ, २० असोज । काठमाडौँ जिल्लाको १० सिट मध्य ४ सिटमा माओवादीले दाबी गरेको छ ।

आगामी मंसिरमा हुन लागेको प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनका लागि बाम गठबन्धन गरेको माओवादी, एमाले र नयाँ शक्ति पार्टीबीच भएको छलफलमा माओवादीले ४ सिट दाबी गरको हो ।

एमालेले पनि माओवादीको दाबी स्वाभाविक रहेको बताउँदै सहमतीमा जाने कुरा बताएको छ । जसो गर्दा दुवै पार्टीलाई फाइदा हुन्छ त्यसै अनुसार जाने एमालेकि नेत्रीअष्टलक्ष्मी शाक्यले बताएकी छिन् ।

एमालेका उम्मेदवार काठमाडौँका मेयरले भने माओवादीको एमालेका नेता काठमाडौँमा धेरै भएको कारण एमालेलाई धेरै सिट चाहिने दाबी गरेका छन् । कार्यदलले भने माओवादीलाई तीन सिट मात्र दिने प्रस्ताव राखेको छ ।

माओवादीले काठमाडौँको १, ६ , ८ र १० नम्बर दिन आग्रह गरिरहेको छ भने एमालेले भने १० नम्बरमा आफ्नो पकड राम्रो रहेको कारण बताउँदै दिन नसकिने जिकिर गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);