काठमाडौं, २३ माघ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले हडताल र आन्दोलनका नाममा मजदूरहरुलाई दुख दिने काम गरिएको बताउनुभएको छ । ओली पक्ष नेकपा बागमतीले शुक्रबार आयोजना गरिएको सभामा बोल्दै उहाँंले यस्तो बताउनुभयो।
‘नेकपाको कुन पक्षले आधिकारिकता पाउछ भन्ने प्रश्न आएको छ । म भन्छु केपी ओलीले नेतृत्व गरेको पार्टीले सूर्य चिन्ह सहितको आधिकारिकता पाउने छ’ पोखरेलले भन्नुभयो।
पोखरेलले हिजो वाम गठवन्धनको सरकार बनाउने बेलामा प्रचण्डलाई खोज्दा उहाँं कांग्रेसको काखमा बसेको आरोप लगाउनुभयो ।