काठमाडौं, २३ माघ । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको छ ।खेल तालिकाअनुसार शनिबार पहिलो खेल नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिकाबीच हुनेछ ।
उक्त खेल ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुनेछ । डबल लिग राउन्ड रोबिनका आधारमा सन्चालन भइरहेको प्रतियोगितामा हरेक टोलीले पहिलो चरणका ६÷६ खेल खेलिसकेका छन् अर्थात प्रत्येकले हरेकसँग एक एक खेल खेलेका छन् ।
लिगको पहिलो चरणको खेल सम्पन्न हुँदासम्म सशस्त्र प्रहरी बलको एपीएफ क्लब अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ । एपीएफले ६ खेलमा अंक जोडेको छ । दोस्रो स्थानमा रहेको आर्मीको ६ खेलमा १३ अंक् रहेको छ ।
यस्तै विराटनगर महानगरपालिका १० अंकका साथ तेस्रो, आठ अंक रहेको नेपाल पुलिस क्लब चौथो, वालिङ नगरपालिका–८ अंकका साथ पाँचौँ, चन्द्रपुर नगरपालिकाको टोली तीन अंकसहित छैटौँ तथा चौदण्डीगढी नगरपालिकाको टोली अंक विहीन रहँदै लिगको पुछारमा छ । लिगको पहिलो चरणका खेल बुधबार सम्पन्न भएका थिए ।