प्रचण्डको सिफारिस बिना माओवादी मन्त्री बर्खास्त गर्न नमिल्ने नेम्वाङको दाबी | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

काठमाडौं, २० असोज । प्रमुख विपक्षी दल नेकपा एमालेले माओवादी अध्यक्ष प्रचण्डको सहमतिबिना प्रधानमन्त्री शेरवहादुर देउवाले माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्न नसक्ने दाबी गरेको छ।

विघटित संविधानसभाका अध्यक्षसमेत रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डको सिफारिस बिना माओवादीका मन्त्रीलाई हटाउन नसक्ने बताए। संविधानको धारा २९८ को उपधारा ९ बमोजिम उपप्रधानमन्त्री, मन्त्री राज्यमन्त्री र सहायकमन्त्रीहरु हटाउन देउवाले प्रचण्डको सिफारिस र सहमति लिनुपर्ने उनको जिकिर छ।

संविधानको उक्त उपधारामा मन्त्रीहरुले प्रधानमन्त्री समक्ष राजीनामा दिएमा, प्रधानमन्त्री नै पदमुक्त भएमा, मृत्यु भएमा वा सम्बधित दलको सिफारिस वा सम्बन्धित दलसँगको सल्लाहमा मात्र प्रधानमन्त्रीले पदमुक्त गर्न सक्ने उल्लेख छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);