नेकपाका केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज वाग्लेको दुर्घटनामा मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८१, बिहीबार

नेकपाका केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज वाग्लेको दुर्घटनामा मृत्यु

सर्लाही, २२ माघ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज डाचाराज वाग्लेको दुर्घटनामा मृत्यु भएको छ ।

बरहथबाबाट नयाँरोडतर्फ आउँदै गर्दा मूर्तिया चोकबाट केही सय मिटर उत्तर वन कार्यालय नजिक नयाँरोड–बरहथवा सडकखण्डमा बुधबार राती ९ बजे लडिरहेको अबस्थामा वाग्लेलाई स्थानीयले देखेका थिए ।

प्रहरीका अनुसार वाग्ले ज। १० प ३२०६ नम्बरको मोटरसाईकलमा बरहथवाबाट नयाँरोडतर्फ आउँदै थिए ।

नेकपा जिल्ला अध्यक्ष रेवती पन्तका अनुसार वाग्ले बुधबार दिउँसो बरहथवामा पार्टीको जिल्ला कमिटीको पूर्ण बैठकमा सहभागि भई पार्टीले नै बुधबार साँझ आयोजना गरेको मसाल जुलुसको नेतृत्व गर्न बरहथवामा बसेका थिए । पन्तका अनुसार उक्त मसाल जुलुस सम्पन्न गरेर नयाँरोडतर्फ फर्किने क्रममा वाग्ले मोटरसाईकल दुर्घटनामा परेका हुन् । वाग्ले संघीय संसद् विघटन प्रकरण पश्चात प्रचण्ड–नेपाल समूहमा सकृय थिए ।

अहिले घटनास्थल सहित बरहथवातर्फ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर लगायत सुरक्षा अधिकारी जाँदै छन् । त्यस्तै खबर सुन्ने बितिकै नेकपाका नेता कार्यकर्ताहरु पनि बरहथवामा जम्मा भएका छन् । वाग्ले हरिपुर नगरपालिका–१, हजारबिगाह निवासी हुन् ।

बरहथवा स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउँदा चिकित्सकले वाग्लेको मृत्यु भईसकेको बताएको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक उद्यव सिंह भाटले जानकारी दिनुभयो ।

दुर्घटनाबारे गम्भिर एवं सुक्ष्म रुपमा अनुसन्धान भईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);