संवैधानिक निकायमा नियुक्तिमा दाहाल–नेपाल पक्ष असन्तुष्ट, आम हड्तालको घोषणा हुँदै | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८१, बिहीबार

संवैधानिक निकायमा नियुक्तिमा दाहाल–नेपाल पक्ष असन्तुष्ट, आम हड्तालको घोषणा हुँदै

काठमाडौं, २१ माघ । सरकारले संवैधानिक निकायमा नियुक्त भएकालाई सपथ ग्रहण गराएसँगै नेकपा दाहाल–नेपाल पक्ष आक्रामक बनेको छ ।

बुधबार संवैधानिक निकायमा नियुक्त भएकालाई सपथ गराएसँगै दाहाल–नेपाल पक्षले आन्दोलनका निर्धारित कार्यक्रमलाई परिमार्जन गर्दै आम हड्तालको घोषणा गर्ने तयारी भएको हो । दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर हड्तालको घोषणा गर्ने तयारी भएको छ ।

गएको मंसिर ३० गते बसेको संवैधानिक परिषद बैठकले अख्तियार र मानवअधिकारसहित विभिन्न संवैधानिक निकाय र आयोगमा नियुक्तिका लागि ३८ जनाको नाम सिफारिस गरेको थियो । सोही अनुसार आज पदाधिकारीले सपथ लिइएको हो ।

सरकारले संसद् विघटन लगत्तै संवैधानिक निकायमा रिक्त रहेका सबै पदमा सिफारिस गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्बाट भएका ३८ वटै नियुक्तिको कागजात फिर्ता गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);