कालिकामाई गाउँपालिकाकाे नाममा उच्च अदालत जनकपुर अस्थायी इजलाशले अन्तरिम आदेश जारी | ईमाउण्टेन समाचार

Our Network

साउन ३१ २०८३, सोमबार

कालिकामाई गाउँपालिकाकाे नाममा उच्च अदालत जनकपुर अस्थायी इजलाशले अन्तरिम आदेश जारी

बीरगंज, २१ माघ । कालिकामाई गाउँपालिकाकाे नाममा उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगंजले अन्तरिम आदेश जारी गरेकाे छ ।

मुद्दा उच्चा अदालत सम्म पुगेपछि साेमबार न्यायाधीश गणेश प्रसाद बराल र न्यायाधिश अन्जु उप्रेतीकाे संयुक्त इजलाशले अन्तरिम आदेश जारी गरेकाे हाे । गाउँपालिकाकाे सेवा ईकाइमा कार्यरत एमआईएस अपरेटर र फिल्ड सहायककाे म्याद थप सम्बन्धि उच्च अदालत मा मुद्दा दर्ता गरिएको थियो ।

एमआइएस अपरेटर लक्ष्मण साहले माघ १४ गते उच्च अदालतमा दर्ता गराएकाे उत्प्रेषण परमादेश मुद्दामा आइतबार सुनवाई गर्दै दुई जना न्यायाधिशहरुकाे संयुक्त इजलाशले हाजिर गराई काम गर्न दिन आन्तरिम आदेश जारी गरेकाे हाे ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले पुस २० गते म्याद थप गर्न दिएकाे निर्देशन समेत गाउँपालिकाले पालना नगरे पछि एमआइस अपरेटर लक्ष्मण साहले उच्च अदालतमा कालिकामाई गाउँपालिका कार्यालय, गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत, गाउँपालिका अध्यक्ष र गाउँ कार्यापालिका विरुद्ध दिएकाे मुद्दामा सुनवाई गर्दै अन्तरिम आदेश जारी गरेकाे हाे । 

कालिकामाई गाउँ कार्यपालिकाकाे पुस ११ मा भएकाे प्रस्ताव नं. ८ काे निर्णय र साे निर्णयकाे आधारमा भएकाे पत्रचार कार्यान्वयन नगरी आयाेजनाकाे लक्ष्य अनुसार निवेदक साहलाई हाजिर गराई काम गर्न दिनु भनी विपक्षीहरुकाे नाममा उच्च अदालत नियमावली २०७३ काे नियम ४२(१) बमाेजिम आन्तरिक आदेश जारी गरेकाे छ । साेकाे जानकारी विपक्षीहरुलाई गराउन समेत आदेशमा उल्लेख छ ।

रिट निवेदक एमआइएस अपरेटर साहकाे तर्फबाट अधिवक्ता कमल माेहन पाेखरेल र विपक्षी कालिकामाई गाउँपालिका कार्यालय समेतकाे तर्फबाट अधिवक्ता रामनाथ महताेले बहस गरेका थिए ।

यस अघि एमआइस अपरेटर र फिल्ड सहायककाे म्याद थप गर्न विभागले दिएकाे निर्देशन गाउँपालिकाले पालना नगरेेपछि उच्च अदालतमा मुद्दा परेकाे थियाे ।

Leave a Reply

ताजा समाचार