भक्तपुरको चाँगुनारायण नगरपालिकाको आठौँ नगरसभा जारि | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

भक्तपुरको चाँगुनारायण नगरपालिकाको आठौँ नगरसभा जारि

भक्तपुर, २० माघ । भक्तपुरको चाँगुनारायण नगरपालिकाको आठौँ नगरसभा जारि छ । सोमबारबाट सुरु भएको नगरसभामा अर्ध वार्षिक प्रगति समिक्षा प्रस्तुत गर्दै उपप्रमुख विणा बास्तोलाले यस आर्थिक वर्षमा १ अर्ब ४८ करोड २७ लाख ३ हजार ६ सय बजेट विनियोजित भएको जनाकारी दिनुभयो ।

नगरपालिकाको पुँजीगत तर्फ विनियोजित एकासी करोड पच्चिस लाख नब्बे हजार रुपैयाँमा माघ ११ गते सम्ममा चौविस करोड छयालिस लाख पचहत्तर हजार छ सय चौरासी रुपैया खर्च भएको छ । नगरपालिकाको आन्तरिक राजश्व चालु आव २०७७/७८ को लागि कुल रु अठ्ठाईस करोड एकहत्तर लाख साठी हजार रुपैयाँ प्रक्षेपित आय अनुमान गरेको थियो ।

नगर प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकाको आफ्नै हलमा नगर सभा गर्ने सपना पुरा भएको बताउनुभयो । थाइल्याण्डवासीको सहयोगमा चाँगुनारायण नगरपालिका वडा नं. ७ बागेश्वरीको तपा डम्फोमा बनेको भवनमा नगरसभा हिजो देखि जारि छ । नगर प्रमुख मिश्रले हिउँदे सभामा ६ महिने कार्यकालको समीक्षा गरिने जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);