काठमाडौं, १६ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ सय ५७ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७० हजार ७४५ पुगेको छ ।
उपत्यकामा ८२ जनामा संक्रमण
यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८२ जना संक्रमित फेला परेका छन् । जसमा ३४ जना महिला र ४८ जना पुरुष रहेका छन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २६ हजार ५ सय ५२ पुगेको छ ।