काठमाडौं, १६ माघ । नेकपा दाहाल नेपाल पक्षले नेकपाको दुबै समूहसँग गर्न लागिएको छलफल केही दिन पर सार्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
छलफलमा अध्यक्ष स्वयंम उपस्थित हुन चाहेको तर माघ १८ गतेसम्म उपत्यका बाहिर राजनीतिक कार्यक्रममा व्यस्त रहेको र आयोगले गर्ने भन्दै छलफल केही दिन पर सार्न आग्रह गरेको हो ।
आयोगले छलफल गर्न नेकपाको दुबै पक्षलाई शुक्रबार बोलाएको थियो । दाहाल नेपाल पक्षले अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल शुक्रबारको छलफलमा सहभागीहुन नसक्ने आयोगलाइ जानकारी पनि गराएको छ ।
शुक्रबार दाहाल नेपाल पक्षका नेताहरु लिलामणि पोखरेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान आयोग पुगेर अध्यक्षद्वय दाहाल र नेपाल नेपाल राजनीतिक कार्यक्रमका लागि उपत्यका बाहिर भएको र उहाँहरु आफै आयोगमा आउन चाहेकाले माघ १८ पछि आयोगले बोलाएमा उपस्थित हुने जानकारीपत्र बुझाउनु भएको छ ।