काठमाडौँ, १६ माघ । बल्खु तरकारी बजारमा डिजिटल कारोबार क्यूआर पेमेन्ट को शुरुवात भएको छ ।शुक्रबारबाट बल्खु तरकारी बजारमा डिजिटल कारोबार क्यूआर पेमेन्टको शुरुवात गरिएको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरकारी किनेर क्यूआर पेमेन्टबाट भुक्तानी दिएर यसको शुरुवात गर्नुभएको हो ।
एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित बल्खु तरकारी बजार क्षेत्रमा क्यूआरमार्फत नगदरहित भुक्तानीलाई प्रवद्र्धन गर्न यो कार्यक्रम आयोजना गरेको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनमा केन्द्रित रही नगद रहित समाज रूपान्तरणको दिशामा यो शुरुवात महत्वपूर्ण हुने बताएइको छ ।