काठमाडौं, १५ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ सय १३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७० हजार ५८८ पुगेको छ ।
उपत्यकामा १ सय २३ जनामा संक्रमण
यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ सय २३ जना संक्रमित फेला परेका छन् । जसमा ४४ जना महिला र ७९ जना पुरुष रहेका छन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २६ हजार ४ सय ७० पुगेको छ ।