काठमाडौ, १३ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट माथि मंगलबार पनि बहस जारी छ । सोमबारदेखि बहस गर्नुभएका वरिष्ठ अधिवक्ता शम्भु थापाले मंगलबार टुंग्याउनु भएको छ।
मंगलबार बहसमा भाग लिदै थापाले संविधानमा संसदले प्रधानमन्त्री दिन नसके मात्रै बिघटन हुने ब्यबस्था बाहेक अरु नभएको बताउनुभयो। राजनीतिक दल नमिलेका कारण भंग गर्नुुपरेको प्रधानमन्त्रीको तर्कलाई संविधानले नदेख्ने बताउनुभयो । उहाँले प्रधानमन्त्रीको चाहनाले संसद नचल्ने भएकोले त्यसको आफ्नै बिधि र पद्धति हुने बताउनुभयो।
अर्का वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले राष्ट्रपति , प्रधानमन्त्री कसैबाट पनि संसद भंग हुन नसक्ने बताउनुभयो।




