एजेन्सी, ११ माघ । एफए कप फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ ।आइतबार बिहान सम्पन्न भएको खेलमा म्यानचेस्टर सिटीले सेल्टेनहाम टाउनलाई ३–१ ले पराजित गरेको हो ।
५९ औँ मिनेटमा मे को गोलबाट सेल्टेनहाम टाउनले सुरुवाति अग्रता लिएपनि त्यसलाई कायम राख्न सकेन । खेलमा म्यानचेस्टर सिटीले ८१ औँ मिनेटमा फिल फोडिनको गोलबाट खेलमा बराबरी गर्न सफल भयो ।
८४ औँ मिनेटमा गाब्रिएल जिसजले गोल गरेर टिमलाई अग्रता दिलाए । इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा टोरेसले गोल गरेपछि सिटी ३–१ ले विजयी भयो । खेलको अन्तिम ९ मिनेट तथा इन्जुरी समयको केही मिनेट भित्र तीन गोल गरेर सिटीले एफए कपको चौथो चरणमा जित दर्ता गरेको हो ।
त्यस्तै गएराति नै भएको अर्को खेलमा आर्सनल पराजित भएको छ । आर्सनललाई साउथह्याम्पटनले १–० ले पराजित गरेको हो ।