लुक्ला हेलीप्याड क्षेत्र दुर्गन्धित बन्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

सोलुखुम्बु, १९ असोज । सोलुखुम्बुको लुक्लास्थीत हेलीप्याडमा व्यवस्थित चर्पी नहुँदा हेलीप्याड क्षेत्र दुर्गन्धित बन्दै गएको छ ।

तेन्जिङ हिलारी विमानस्थलसँगै रहेको हेलीप्याडका लागि वनाइएको चर्पीमा पानी र ढल निकासको व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिएको हो । ढलको पाइप फुटेपछि चर्पीको फोहोर मैदानमा पस्ने गरेको छ । सर्वाेच्च शिखर सगरमाथाको प्रवेशद्धार मानिने लुक्लाको हेलीप्याड आकस्मीक उद्धार मार्फत आइपुग्ने पर्यटकका लागि महत्वपुर्ण हेलीप्याड हो । पर्यटकीय मौसममा दैनिक सयभन्दा बढी हेलीकप्टर उडान तथा अवतरण हुने यस हेलीप्याडको अवस्था विग्रदै गएकोप्रति स्थानीय चिन्तित बनेका छन् ।

हेलीप्याड नै सार्ने तयारीमा रहेको नागरिक उड्यन कार्यालय लुक्लाले चर्पी निर्माणका लागि योजना समेत बनाएको छैन ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);