काठमाडौँ, १० माघ । प्रजातन्त्र स्थापनाका लागि आहुति दिने शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु भएको छ ।
शहीदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाइँदै आएको छ । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि शुक्रराज शास्त्री, धर्मभक्त माथे, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई आफ्नो जीवन आहुती दिनुभएको थियो ।
आहुति दिएका चारै जनाको सम्झनामा शहीद दिवस मनाउने गरिएको छ । त्यसैले माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिएको हो ।
माघ १६ गते शान्तिबाटिकाबाट शहीदको तस्बिर प्रभातफेरि निकालेर लैनचोरस्थित शहीद उद्यानमा पुगेर श्रद्धाञ्जलि अर्पण गरिँदै आएको छ ।