सुवास चौलागाईँ
भक्तपुर, १० माघ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका कौशलटार चोकमा बसबाट ओर्लिने क्रममा एक युवती घाइते भएकी छिन् । सिन्धुली घर भई हाल भक्तपुरको बोडेमा बस्दै आएकी २५ वर्षीया एलिसा राई थिमी बाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६–ख ४३८ नम्बरको बसबाट ओर्लने क्रममा आज सनिबार बिहान ६ बजे लडेकी थिईन ।
बसबाट लडेकी उनिको अबस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । बसबाट ओर्लने क्रममा लडेकी उनिलाई बसले किचेको प्रहरीले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेको राईको भक्तपुरको लोकन्थली स्थित समिट अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले बस र बसका चालक २५ वर्षीय चन्द्रबहादुर प्रधानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको भक्तपुर प्रहरी प्रमुख तारा थापाले बताउनुभएको छ ।