काठमाडौं, १९ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दिने घोषणा गरेको चितवन क्षेत्र नम्बर ३ बाट एमालेले उम्मेदवारको नाम सिफारिस गरेको छ।
सिफारिस हुनेमा घनश्याम भट्टराई, शंकर थपलिया, सूर्य जमरकट्टेल र रविकिरण पौडेल रहेका छन्। एमालेले चितवनका तीनवटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिक बाहेकका सदस्यहरुको टुंगो लगाएको हो।
चितवनमा तीनवटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा पुर्व अर्थमन्त्री तथा सांसद सुरेन्द्र पाण्डे, क्षेत्र नम्बर २ मा सांसद कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाउने सर्बसम्मत निर्णय भएको एमाले चितवनले जनाएको छ।




