सुध्रिन नसकेको नेपालको राजनीति (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

सुध्रिन नसकेको नेपालको राजनीति (भिडियाेसहित)

काठमाडाैं, ८ माघ । नेपालमा पटक पटक व्यवस्था फेरियो, नेतृत्व फेरियो तर मुलुकको अवस्था उस्तै छ । अल्पमतको सरकार, बहुमतको सरकार, दुई तिहाइ नजकि जनादेश प्राप्त गरी सबै खालको दल र दलबाट बनेको सरकार हेरियो तर नेपालको अवस्था र जनताको अवस्था फेरिएन ।

जनतालाई शान्तिको अभाव, विकासको अभाव, राजनीतिक स्थिरताको अभाव सधैं खड्किरहयो । नेताहरुलाई भने सधैं सत्ता, शक्ति प्रतिष्ठाको भोक लागिरह्यो । जनताको माग र नेताहरुको कार्यशैलीबीच मेल कहिल्यै खाएन । नेतृत्व जनताको नाममा नेतृत्वको ताण्डव नृत्य निरन्तर रह्यो । नेतृत्वको कमजोरीमा नेपाल विदेशीको क्रिडास्थल बन्न कहिल्यै छोडेन ।

यतिबेला सबैको ध्यान सर्वाेच्च अदालतमा केन्द्रित छ । अब के हुन्छ ? यो परिदृष्यमा नेपाली कांग्रेसका नेता पुष्पा भुसाल संसद विघटनको कदम फिर्ता हुनुपर्ने बताउनु हुन्छ । सरकारको अलोकतान्त्रिक कदमलाई सर्वाेच्च अदालतले सच्याउनु पर्ने उहाँको सुझाव छ ।

वरिष्ठ अधिवक्ता समेत रहनु भएका नेता भुसाल प्रतिनिधि सभा विघटन हुनु अघि नेपाली कांग्रेस संसदीय दलका सचेतक हुनुुहुन्थ्यो । वरिष्ठ अधिवक्ता विष्णु भटृराईले आउँछु भनेर बिहान समय पक्का गरे तर स्टुडियोमा छिर्ने बेलामा अपरान्ह पौने चार बजे नआउने खबर गरेर धोका दिए । नेपाली कांग्रेसका नेता पुष्पा भुसालसँगको पूरा अन्तर्वार्ता भिडियोमा हेर्न सक्नुहुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);